आगलागीमा परेर एक जनाको ज्यान गयो

२७ माघ २०७७, मंगलवार ११:२१

रामेछाप। रामेछापको गोकुलगङ्गा गाउँपालिका-२ ठोसेको चौरपातलका किपाले शेर्पाको घरमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ ।

किपा शेर्पाकी ८० वर्षकी आमा पासाङ लेगी शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । ढुङ्गामाटोले बनेको एक तले घरमा रहेको भान्सामा बालेको आगो सल्कँदा घर जलेर नष्ट भएको छ ।

घरभित्र रहेका सबै सामान जलेका र ४ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।