काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ : ३५ बजे भूकम्प गएको हो ।
फक्ताङलुङ गाउँपालिका केन्द्रविन्दु भएर गएको भूकम्पको महसुस जिल्ला सदरमुकाम तथा छिमेकी जिल्लासम्म महसुस भएको थियो ।
यसअघि ताप्लेजुङमै २३ गते बिहान पनि ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।