थप ३ संक्रमितको मृत्यु, १ सय १९ जनामा कोरोना संक्रमण

२५ माघ २०७७, आईतवार १८:३५

काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार नेपालमा २२ सय ५१ पीसीआर परीक्षण गर्दा १ सय १९ जनामा कोरोना संक्रमण, थप ३ संक्रमितको मृत्यु  भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ सय १५ छ । यस्तै, ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । आइतबारसम्म नेपालमा २० लाख ९३ हजार ४ सय १७ पीसीआर परीक्षण भएका छन् ।