पछिल्लो ९ महिनामा देशभर १६ सयभन्दा धेरै आगलागी

२५ माघ २०७७, आईतवार ०९:३४

काठमाण्डाै। गएको वैशाख महिनादेखि अहिलेसम्म १६ सय ४० वटा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आगलागीका कारण यो अवधिमा  ६० जनाले ज्यान गुमाएका छन् भने १ अर्ब २२ करोड १८ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । यस्तै चट्याङ्गका कारण २१७ वटा घटना भएका छन् ।

चट्याङ्गले ६५ जनाको ज्यान गएको छ भने ५ करोड ९४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । प्राकृतिक विपत्तिका विभिन्न घटनाले ९ महिनाको अवधिमा १ अर्ब ४१  करोड ७६ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।