
काठमाडौ प्रतिनिधिसभा विघटनविरुद्ध मानव अधिकार तथा शान्ति समाजले काठमाडौमा प्रदशर्न गरेको छ। प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ। प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित दुई दर्जन बढी अधिकारकर्मी पक्राउ परेका छन् । अहिले उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ।
प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको, अदालतलाई प्रभाव पार्न खोजिएको, राज्य संयन्त्रको दुरुपयोग गरेको र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै समाजले सोमबार बालुवाटार अगाडि प्रदर्शन गरेको हो । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।
