प्रतिनिधिसभा विघटनको विरोधमा विद्यार्थीहरूले सडकमै ‘संसद्’ बैठक राखे

७ माघ २०७७, बुधबार १३:५१

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार विद्यार्थीहरूले राजधानीमा ‘नमुना संसद्’ आयोजना गरेका छन् ।

नेपाल टिन लिडर्सले पुतलीसडकस्थित पद्मोदय मोडमा सडकमै राष्ट्रिय सभाको सांकेतिक बैठक राखेको हो ।

सहभागीहरूले ६ दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानसभाले बनाएको संविधानको मूल मर्म नै सुधारिएको संसदीय व्यवस्था रहेको जनाउँदै संविधान बचाउनु सबैको कर्तव्य रहेकोमा जोड दिएका छन् ।