
काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार एकजनाको होम आइसोलेसनमा र एकजनाको भेरी अस्पतालमा मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे होम आइसोलेसनमा र नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार बिहान ६ः१० बजे मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुष मधुमेह, थाइरोइड, प्रेसर र मानसिक रोगको औषधि सेवन गरिरहेका उनको सोमबार राति ९ः३० बजे आफ्नै निवासमा मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको हो ।
धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा भर्ना भएको १० मिनेटपछि मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना परीक्षण गर्दा २८ पुसमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
