पेट्रोल र डिजेलको भाउ बढ्यो

६ माघ २०७७, मंगलवार १४:२८

 

 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

बढेको मूल्यसंगै पेट्रोलको नयाँ भाउ प्रतिलिटरमा ११० रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ९३ रुपैया कायम भएको छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको प्रवक्ता उपाध्ययले बताए ।