
काठमाडौं । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद्ले उनको नियुक्ति गरेको हो ।
सल्लाहकार दुगडले मङ्गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्ने छन् । उनी यसअघिका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाका स्थानमा नियुक्त भएका हुन् ।
