
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल दिउँसो निर्वाचन आयोगमा छलफलका लागि जाने तयारी गरेका छन् ।पुस ५ मा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजत भएको छ ।तत्कालीन एमाले र माओवादी विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निर्वाचन आयोगले दलको मान्यता दिएको थियो ।पार्टी विभाजनसँगै नेकपा र सूर्य चिन्हका लागि दुवै समूहले दावी गर्दै आएका छन् ।निर्वाचन आयोगमा नेकपा दर्ता हुँदा प्रमाणित भएका ४ सय ४१ जना केन्द्रीय सदस्य रहेका भनि सनाखत गरिएको थियो ।सनाखतमध्ये ६५ प्रतिशत बढि केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहमा रहेका छन् ।दुई अध्यक्ष प्रणालीमा दर्ता भएको नेकपाको अब आधिकारिकता कता हुने भन्ने बहस जारी रहेको बेला छलफलका लागि प्रचण्ड–नेपाल निर्वाचन आयोगमा जाँदै छन् ।
