
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले आफैैले हस्ताक्षर गरेको संविधानलाई बलात्कार गरेको बताएका छन् । उनले आफैले हस्ताक्षर गरेको र प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार नभएपनि संसद् विघटन गरेर संविधानको बलात्कार गरेको बताएका हुन् ।
‘केपी ओली आफैले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर बनाएको संविधानलाई बलात्कार गरेर संसद् भंग गर्नुभयो । उहाँ प्रधानमन्त्री भएदेखि नै तानाशाहको जस्तो प्रबृति देखाउन थाल्नुभयो’, नेता खनालको भनाइ छ ।
नेकपा सम्पर्क समन्वय कमिटीको शनिबार काठमाडौँमा भएको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन् ।
