काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता बामदेब गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि राजीनामा दिनुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य गौतमले प्रधानमन्त्रीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताएका छन् ।
यसअघि प्रधानमन्त्रीको आलोचना गर्ने गुटमा बसेर आफूले अविश्वासको प्रस्ताव असफल पारेको स्मरण गर्दै उनले भने, यसपटक अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन ।’
पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले संसद भंग गरेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीसामू पार्टी एकता जोगाउने अन्तिम पटक अवसर थियो ।’
