राजनीतिक आरोप प्रत्यारोपका समाचारप्रति काउन्सिलको ध्यानाकर्षण

२२ पुष २०७७, बुधबार १३:५४

काठमाडौं । प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भइ समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।

संसद विघटनपछि राजनीतिक आरोप प्रत्यारोप बढिरहेकाले त्यसक्रममा बोलिएका भाषा, शब्द तथा हेडलाइनलाइ तोडमोड गरी सामाग्रीहरु प्रकाशित भएको जनाउँदै प्रेश काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै तथ्य भन्दा टाढा रही कसैलाई लाभ वा हानी पुर्याउने नियत राखि कसैमाथि अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पुयाउने गरी सामग्री सम्प्रेषण गर्नु , गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने काउन्सिलले जनाएको छ ।