दिउँसै लालटिन बालेर संविधानको धारा खोज्दै अखिलको जुलुस

२२ पुष २०७७, बुधबार १३:४२

 

काठमाडौं । विघटनका लागि संविधानको धारा खोज्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज राजधानीमा लालटिन जुलुस निकालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभा विघटन गरेको विषयलाई लिएर पार्टीको नेतृत्व तहसँगै विद्यार्थी संगठन पनि चिरिएको छ। ओलीको कदमविरुद्ध उत्रिएको अखिलले मध्य दिनमा लालटिन बालेर विरोध जनाएका हुन्।