कोटेश्वरमा करिब १४ लाख बराबरको सुनका गहना चोरी

२१ पुष २०७७, मंगलवार १४:५६

 

 

काठमाडौँ। काठमाडौं महानगरपालिका ३२ कोटेश्वर शुभकामनाचोकमा डेरा गरी बस्ने एकजनाको करिब १३ लाख ९५ हजार बराबरको सुनका गहनाहरू चोरी भएको छ।

चितवन रत्ननगर नगरपालिका २ घर भएका निर्मल पाठकको कोठाबाट उक्त परिमाणको सुनका गहना आइतबार साँझ चोरी भएको हो।
चोरीमा संलग्नहरूको पहिचान खुलेको छैन। प्रहरीले चोरीका घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।