प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि मुम्बई लगियो

२० पुष २०७७, सोमबार ११:४१

 

काठमाडौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ। उनलाई आज बिहान ११ बजेको उडानबाट मुम्बई लगिएको हो ।

सीताको उपचारका लागि अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल सँगै मुम्बई गएका छन् । उनलाई मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्ट्च्यिूटमा भर्ना गरेर उपचार गरिने परिवारले जनाएको छ ।