संघीयता खारेज गरौँ, भ्रष्टाचारीलाई जेल हालौंः निरुदेवी पाल

१६ पुष २०७७, बिहीबार २२:१६

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा निकट नेकपा केन्द्रीय सदस्य निरुदेवी पालले संघीयता खारेज गर्न प्रधानमन्त्रीलाई सुझाव दिएकी छिन्।

संघीयता खारेजसँगै केन्द्रीय सरकारको मन्त्रीमण्डल समेत १५ सदस्यीय बनाउन पालको सुझाव छ। सामाजिक सञ्जालमा व्यक्तिगत विचार भन्दै ओलीलाई दिएको सुझावमा उनले भ्रष्टाचारीलाई जेलमा सडाउने आँट गर्न पनि सुझाव दिएकी छिन्।

पालले भनेकी छिन्, ुसम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद्को सिट १०५, केन्द्रको मन्त्रीमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरी मा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तिस्कमा सधैं बस्नुहुनेछ। मेरो ब्यक्तिगत बिचार।