संसद् विघटन विरुद्ध नागरिक समाजको प्रदर्शन

११ पुष २०७७, शनिबार १६:०१

काठमाडौं । नागरिक समाजले संसद् विघटन विरुद्ध प्रदर्शन गरको छ । काठमाडौंको माइतीघर मण्डलामा समाजले आज संसद् विघटनविरुद्ध प्रर्दशन गरेको हो ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिँदै नागरिक समाजले नागरिक आन्दोलन भनेर प्रदर्शन गरेको हो ।