टोपबहादुर रायमाझी गृहमन्त्री बन्ने सम्भावना बढ्यो

७ पुष २०७७, मंगलवार २१:३६

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र मणि थापाले कित्ता क्लियर पारेका छन्।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा बोलाएको केन्द्रीय समिति बैठकमा उनीहरू सहभागी भएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै नेकपा दुई समूहमा ध्रुवीकरण भएका छन्।
पूर्वमाओवादीका नेताहरू रायमाझी र थापाले प्रधानमन्त्री ओलीलाई समर्थन गरेका छन । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई गृहमन्त्री, मणि थापालाई श्रममन्त्री बनाउने आश्वासन दिएका छन्। यस्तै, पूर्वमाओवादीको कोटाबाट मन्त्री भएका लेखराज भट्ट यसअघि नै ओलीलाई समर्थन गरिसकेका छन्।