राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने

५ पुष २०७७, आईतवार १५:४१

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन गर्नु भएको छ । उहाँले २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यो निर्णय गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिको पूर्ण विवरण यस प्रकार छ