पशुवली निषेध, छाडा पशु संरक्षण गर्न स्नेहाज केयरको एक दिने गोष्ठी ललितपुरमा सम्पन्न

२ पुष २०७७, बिहीबार १९:२५

काठकाण्डौ, पशुवली निषेध, छाडा पशु संरक्षण गर्न स्नेहाज केयरले एक दिने गोष्ठी ललितपुरमा बुधवार सम्पन्न गरेको छ ।

छाडा पशु संरक्षणका लागि सबै जागरुक बन्नुपर्ने बिषय जोडदार रुपमा उठाउदैँ स्नेहाज केयरले बुधबार राजधानीको ललितपुर जावालाखेलस्थित अगेनो रेस्टुरेन्टमा एकदिने गोष्ठी सम्पन्न गरेको हो ।

छाडा पशु संरक्षण गर्नु पर्ने बिषयमा स्नेहाज केयरले सरोकारवाला निकायसँग ब्यापक छलफल गरेको हो ।

नेपालमा विभिन्न जिल्लामा छाडा गाई , कुकुर, राँगो, खसी, बंगुर, कुखुरालगायतका जनावरको संरक्षणको विषयलाई नेपाल सरकारबाट ब्यावस्थापनको प्रवन्ध गर्न सरोकारवाला निकायले अनुरोध गरेको छ ।

नेपालमा हुने सबै किसिमको पशुबली तथा पशुपंक्षीप्रति हुने दुर्व्यवहार अन्त्य गर्न र मठमन्दिर, चाडपर्व, औपचारिक समारोह वा साँस्कृतिक कार्यक्रममा हुने पशुबली रोक्नुपर्ने विषयमा सरोकारवाला निकायसंग सहजीकरण र आगामी दिनमा यस्ता खालका समस्या अन्त्य गर्न छलफल गरेको स्नेहाज केयरले जनाएको छ ।