
कैलाली । प्रहरीले मोटरसाइकलसहित चोरलाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानी बस्ने वर्ष १६ का अर्जुन विष्टलाई प्रहरीले चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो । सोमबार दिउँसो कैलालीको धनगढी उपमहानगरपालिका–१, मालपोत कार्यालय अगाडि पार्किङ्ग गरेको से३प ३७४ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चोरी भएको थियो ।
