
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज मौसममा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो प्रदेश नं १ लगायत देशको पहाडि भू(भागहरुमा आंशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश नं १ को पहाडी भूभागका १,२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
यस्तै आज राती प्रदेश नं १ लगायत देशको पहाडि भूभागहरुमा आंशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
