आज हुने नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने

२८ मंसिर २०७७, आईतवार १२:१०

oli

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली आज एक बजे सुरू हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा सहभागी हुनु हुने भएको छ ।

यसअघि मंसिर २१ गते बसेको स्थायी कमिटि बैठकमा पत्र पठाई अनुपस्थित रहनु भएका प्रधानमन्त्री ओली आज भने बैठकमा सहभागी हुनु हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो ।

हिजोसम्म नेकपाको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा जाने , नजाने टुंगो लागेको थिएन। स्रोतका अनुसार आज केही समझादारी भएपछि उहाँ बैठकमा जाने हुने भएको छ ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ‘अभियोगपत्र’ र ‘प्रत्युत्तरपत्र’ मा छलफल चलाउने अडान लिएपछि प्रधानमन्त्री ओलीको उपस्थिति अन्योलमा परेको थियो।

गत मङ्सिर २१ गतेको सचिवालय बैठकमा कार्यसूचीमा नपरे पनि प्रचण्डको ‘अभियोगपत्र’ र ओलीको ‘प्रत्युत्तरपत्र’लाई छलफलको विषय बनाउन जोड गर्नु मूर्खता देखिएको ओलीनिकट एक नेताले बताएका थिए।