आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२७ मंसिर २०७७, शनिबार २२:५७

काठमाडौँ । पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि भएको छ ।

नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले बढाएको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिनु भयो ।

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर भएको निगमले जानाएको छ ।

आईओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार स्वचालित मूल्य कार्यान्वयन विधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।