समाजवाद उन्मुख राज्य निर्माणको जिम्मेवारी कम्युनिस्टको काँधमाः प्रचण्ड

२७ मंसिर २०७७, शनिबार १८:२२

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको जिम्मेवारी र दायित्व कम्युनिस्ट पार्टीको काँधमा रहेको बताउनु भएको छ ।

नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेकी नेतृ कौसर साहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

पार्टी प्रवेश गरेकाहरुको स्वागतका लागि आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभा सदस्य रहिसकेकी साहलाई स्वागत गनु भएको थियो ।