पद , पैसा र शक्ति

२७ मंसिर २०७७, शनिबार १७:३५

डा. डिआर उपाध्याय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी – नेकपा _ भित्रको आन्तरिक विवादका कारण देशमा समस्या उब्जिएको छ । यतिबेला मुलुकको सबैभन्दा ठूलो दल भित्र आन्तरिक विवाद हुँदा सबैको ध्यान खिचिएको छ । अहिले देशको राजनीतिक अवस्था सहज ढंगले अघि बढेको छैन । राजनीतिक दल र तिनका नेताहरु सत्तास्वार्थमा रुमल्लिनाले यो समस्या आएको हो । सबै नेतालाई पद, पैसा र शक्ति चाहिएको छ । जनता भोकै बसुन वा जे गरुन नेतालाई कुनै मतलब छैन । यो नै समस्या हो । नेतालाई जनता चाहिने भनेको चुनाबको बेला मात्र हो अरु बेला जनताको के मतलब < जनतालाई भ¥याङ बनाएर सत्तामा पुग्ने राज्यको ढुकुटी सबै रित्याउने र देशलाई कंगाल बनाउने काम बाहेक अरु केही गर्न सकेका छैनन् । जनतामा नेताप्रति वितृष्णा बढ्दै गइरहेको छ । सरकारले सुरुका दिनमा राम्रा र आशालाग्दा विकासका सपना देखायो तर कुनै पनि काम कार्यन्वयन गर्न सकेन । जसका कारण जनतामा निराशा फैलिएको छ । अहिले मुलुकमा झन्डै दुई तिहाइ नजिकको नेकपा नेतृत्वको सरकार छ । यो वर्तमान सरकारले साना मसिना कुरामा नअल्झेर देश र जनताको पक्षमा सोच्ने हो भने देश र जनतामा खुसियाली छाउने थियो तर यस तर्फ सरकारको ध्यान पुगेको देखिदैन । सरकारले जनताको पक्षमा प्रभावकारी काम गर्न नसकेको कारणले बाध्य भएर जनता सडकमा आउछन् । हाल सडकमा देखिएको दृश्य, यस्कै कारण हो । जनता सरकारको काम प्रति असन्तुष्ट भई सडकमा आउनु स्वभाविक हो । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो । यसलाई अन्यथा लिनुपर्ने आवश्यकता छैन । शान्तिपूर्ण सभा, जुलुस, गोष्ठी सभा सम्मेलन गर्न पाउनु लोकतन्त्रमा जनताको नैसर्गिक अधिकार हो । सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवाद व्वास्थापन हुना साथ मुलुकले सहि बाटो लिन सक्छ । देशको ठुलो दल भित्रको आन्तरिक किचलोले देशको आर्थिक, प्रसासनिक, राजनितिक र सामाजिक क्षेत्र लगायत सबै क्षेत्रमा प्रभाव परेको छ । यति बेला आम नागरिक कोरोना कहरले आक्रान्त भएका छन् । निम्न र कम आयश्रोत भएका जनताको दैनिकी अहिले सम्म सहज हुन सकेको छैन । सत्तारुढ दलको यस तर्फ ध्यान जानु पर्नेमा आन्तरिक विवादमा फस्नु भनेको देशको लागि दुर्भाग्य हो । अब नेकपा मुलुक प्रति गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । अहिलेको यो गतिबिधिले देश र जनता लाई चित्त बुझेको छैन । त्यस कारण सरकार देश र जनता प्रति उत्तरदायी हुनु जरुरी छ ।