शनिबार काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत कटौती हुने

२६ मंसिर २०७७, शुक्रबार २२:२१

फाइल फोटो


नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ । प्राधिकरण स्रोतले दिएको जानकारी अनुसार प्राधिकरणले बानेश्वर मिनभवनस्थित सबस्टेशन मर्मत गर्न लागेको छ । यसै कारण सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वागमती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ ।

प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने बताइएको छ ।

शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जानकारी दिएको छ