
काठमाडौं , आइतबार एकैदिनमा १२३.४ अंकले घटेको सेयर बजारमा सोमबार फेरि हरियाली छाएको छ । नेप्से सूचक २ हजार विन्दु भन्दा माथि गएर रोकिएको छ । यसले बजारले फेरि नयाँ गति समाउने संकेत गरेको छ ।
आज नेप्से सूचक ७२.२८ अंकले बढेर २००४.३९ विन्दुमा आइपुगेको छ । २०६ कम्पनीको ६ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
१ करोड १९ लाखभन्दा धेरै कित्ता कारोबार भएको छ । खरिदबिक्री भएका सबै समूहको सूचक वृद्धि भएका छन् । बिमा, उत्पादनमूलक, व्यापारिक, हाइड्रोपावर लगायतका समूहका सूचकहरुमा धेरै तेजी आएको छ ।
