
काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । काठमाडौँको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको हो ।
मीनभवन आलोकनगर बस्ने ७० वर्षीय लोकनाथ रिजालको बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । रिजाल सडक पार गर्दै थिए ।
उनलाई आइतबार मोटरसाइकलले ठक्कर दिएको थियो । सिभिल अस्पतालमा उपचारका क्रममा राति १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
