
दार्चुला , दार्चुलामा आईतबार राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ आइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी पदमबहादुर विष्टले जानकारि दिनु भयो । उहाँका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा २४ वर्षीय चालक शेरसिंह कार्कीको परिचय खुलेको छ भने बाँकी दुई जनाको परिचय खुलेको छैन।
