
धनगढी, डोटीमा शनिबार राति भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।
सुदुरपिश्चम प्रदेश प्रहरीले कायालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिहले जानकारी दिनु भयो । मृतकमध्ये तीन जनाको घटनास्थलमा नै मृत्यु भएको थियो।
घटनामा अन्य ४ जना घाइते छन्।
गएराति डेढ बजे दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ मा दुर्घटना भएको थियो।
दुर्घटनामा ज्यान गुमाउनेमा बैतडी घर भएकी डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ की वडासचिव (नासु) २८ वर्षीया मन्जु त्रिपाठी, उनको ३ वर्षे छोरा र सासु आमा (नाम नखुलेको) रहेका छन्।
यस्तै बोगटान फुड्सिल गाउँपालिकामै कार्यरत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको कृषि प्राबिधिक हरि भट्टको पनि मृत्यु भएको छ।
घाइते हुनेहरूमा डोटीकै ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टीकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र चालक कैलाश बम रहेका छन्।
जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रहरीले चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ।
