
काठमाडौं, पार्टीभित्र आन्तरिक विवाद बढीरहेको बेला सत्तारुढ दलमा गुटगत भेलाहरु हुन थालेका छन् । शीर्ष तहमा देखिएको विवादको झल्को तल्लोतहसम्म पुगेको पुष्टि गर्नेगरी गुटगत भेलाहरु सुरु हुन थालेका छन् ।
सहमति जुटाउन शनिबारसम्म सचिवालय बैठक स्थगित भएको अवस्थामा अहिले गुटगत भेलाहरु भइरहेका छन् । यसैक्रममा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका युवा नेताहरु भेला भएका छन् । काठमाडौं थापाथलीमा नेताहरु भेला भएर कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् ।
कार्यक्रममा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने लगायतका सहभागिता रहेको छ । यस्तै विद्यार्थी संगठनका तर्फबाट अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङलगायत रहेका छन् ।
