नेकपा सचिवालय बैठक सकियो

१६ मंसिर २०७७, मंगलवार १६:४४

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार दिउँसो १ बजे सुरु भएको बैठक साँझ ४ बजे सकिएको हो ।

अघिल्लो बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि मंगलबार छलफल भएको छ ।
बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।