फुटबल टिमकी कप्तान रेनुकाले गरिन् विवाह

१६ मंसिर २०७७, मंगलवार १६:१२

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले विवाह गरेकी छन् । रौतहट चन्द्रनिगाहपुरकी उनले मङ्गलबार जनकपुर शिवबानीका अभिषेक लामासँग विवाह गरेकी हुन् ।

उनीहरूले ७ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । रेनुका राष्ट्रिय टोली तथा एपिएफकी महत्त्वपूर्ण सदस्य हुन् । उनी सम्मिलित नेपाली टिमले नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेको थियो ।