
काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको बालुवाटारमा जन्मदिन मनाईएको छ ।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरूले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका हुन् ।
जन्मदिनको शुभकामना आदान प्रदानको अवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिनु भएको छ ।
आजबाट महासचिव पौडेल ६२ बर्षमा प्रवेश गर्नु भएको छ ।
