नेकपा बैठक धुम्बाराहीमा नबस्ने, बालुवाटार सारियो

१६ मंसिर २०७७, मंगलवार ११:४३

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा नबस्ने भएको छ । मंगलबार १ बजेका लागि बोलाइएको बैठक बालुवाटारमै बस्ने भएको हो ।

यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । मंगलबार बिहान बैठक स्थल पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नै सारिएको एक सचिवालय सदस्यले जानकारी दिए ।बैठक स्थल किन सारिएको हो भन्ने बारे खुलाइएको छैन ।