
काठमाडौं , अबदेखि ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई अनलाइनबाटै ट्राफिक सचेतना कक्षा दिइने भएको छ । कोभिड १९ का कारण महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत् निरन्तरता दिने भएको हो ।
ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कोठामा उपस्थित गराएर कक्षा सञ्चालन गर्दा जोखिम झन् बढ्न सक्ने भएकाले भर्चुअल क्लासको व्यवस्था गरिएको हो ।
लामो समयदेखि बग्गीखानामा लिँदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो।
महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासनको पालना नगर्ने र ट्राफिक लाइटको बेवास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुलाई अनलाइन सचेतना कक्षा लिनुपर्ने जनाएको छ ।
