
काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रघुजी पन्तको पित्तथैलीको शल्यक्रिया भएको छ ।
नेता पन्तको पित्तथैलीको आइतबार काठमाडौको मोडल अस्पतालमा सफलतापूर्वक सम्पन्न भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनु भएको छ ।
पन्तको स्वास्थ्य अवस्थामा समस्या आएपछि २ दिनअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।
