भक्तपुरको एक होटलबाट आठ जना जुवाडे पक्राउ

१४ मंसिर २०७७, आईतवार १६:४२

काठमाडौं, भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोल मालीगाँउमा रहेको एक होटलबाट आठ जना जुवाडे पक्राउ परेका छन्।

‘मालीगाँउ भिलेज होटल’ बाट चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का ३९ वर्षीय राजु तामाङसहित ८ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

शनिबार साँझ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ परेको हो। उनीहरूको साथबाट नगद ३ लाख १३ हजार रूपैयाँ र १ बुक तास प्रहरीले बरामद गरेको छ।