आज आइतबार सुनको मूल्य तोलामा ९० हजार ७०० रुपैयाँ कायम

१४ मंसिर २०७७, आईतवार ११:५८

काठमाडौं , आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आइतबार तोलामा ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ३०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै शुक्रबार तोलामा ११६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि घटेर तोलामा ११५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।