
एजेन्सी, इन्डोनेसियाली एक मन्त्रीलाई समुद्री झिँगाहरुको ओसारपसार सम्बन्धी नीतिमा भ्रष्टाचार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । यसै मुद्दामा मन्त्री र उनकी पत्नीसहित १७ जना पक्राउ परेका छन् ।
समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी अधिकारीहरुले यस मुद्दाबारे सोधपुछ गर्न बोलाउँदा मन्त्री इधीले उपस्थित हुन इन्कार गरेपछि प्रहरीले उनको निवासमै पुगेर पक्राउ गरेको जनाएको छ ।
यसबारे राजधानी जाकार्तामा बुधबार साँझ पत्रकार सम्मेलन मार्फत जानकारी दीइएको थियो । मन्त्री इधीले झिँगा ओसारपसारबारे निर्णय गर्ने क्रममा आयतकर्ताहरुसँग मिलेर ६ लाख ९५ हजार ६ सय ५५ अमेरिकी डलर भ्रष्टाचार गरेको बताइएको छ ।
यस मुद्दामा अरु थप सात जना पनि अनुसन्धानको घेरामा परेको यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।
यो समाचार अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो ।
