
काठमाडौं , पछिल्ला दिनहरुमा सेयर बजारले नयाँ उचाई बनाउर्दै गएको छ । बजारमा नयाँ लगानीकर्ताहरु पनि थपिएका छन् । सेयर बजारमा लगानीका आधारभूत ज्ञान भएमा मनग्ये कमाउन सकिने सम्भावना रहन्छ । तर यसका लागि केही न्यूनतम ज्ञान र सीप आवश्यक पर्दछ । हो, यही पक्षलाई मनन् गरेर नेपाली पैसाले फेरि एकपटक सुरु गर्दैछ सेयर बजारको अनलाइन तालिम । यस तालिममा सेयर बजारमा जान्नैपर्ने आधारभूत ज्ञानहरु सिकाइनेछ ।
तालिम यही मंसिर १३ गते शनिबारदेखि १५ गते सोमबारसम्म सञ्चालन हुनेछ । साँझ ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने यस तालिममा तपाईं पनि अनलाइनका माध्यमबाट घरमै बसेर सजिलै सहभागी हुन सक्नुहुनेछ । तालिमका बारेमा विस्तृत जानकारीका लागि ९८५८०२२९८२ वा ९८०३०६७८६२ कल गर्न सक्नुहुनेछ । तालिमका प्रशिक्षक डा केशवप्रसाद श्रेष्ठ हुनुहुन्छ । (नेपाली पैसाबाट )
