
कपिलवस्तु , कपिलवस्तुमा भारतीय बल्कर र बस ठोकिँदा एकजनाको मृत्यु भएको छ ।
युपि ४२ बि टी २३९१ नम्बरको भारतीय बल्कर र ना ८ प २५२५ नम्बरको यात्रु बाहक बुद्धभुमी नगरपालिका २ गोरुसिङ्गे जंगलमा बस ठोकिएको थियो। मंगलवार विहान ४ बजेर ३५ मिनेट जाँदा भएको दुर्घटनामा परि भारतको अयोध्या वस्ने वर्ष ६० को बल्कर चालक मुन्नीलाल चौहानको घटना स्थलमा मृत्यु भएको छ। बसमा सवार ४ जना घाइते भएका छन्।
घाइते हुनेमा बस चालक बाँके जिल्ला राप्ती सुनारी गाउँ पालिका ४ अगैया बस्ने वर्ष २४ को कमल परियार , सोही ठेगाना भएका अर्का बस चालक वर्ष २४ को राजु परियार, बाँके कोहलपुर नगरपालिका १० बस्ने वर्ष ३६ को सन्तोष डंगोल, जिल्ला प्युठान प्युठान डुम्री बस्ने वर्ष २० को गणेश वहादुर अधिकारी रहेका छन्।
घाइतेहरुको स्थानिय मेडिकलमा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले बताउनु भएको छ ।
