पाल्पामा जिप दुर्घना हुँदा दुई जना घाईते

९ मंसिर २०७७, मंगलवार १०:००

बुटवल , गएराति पाल्पामा जिप दुर्घना हुँदा दुई जना घाईते भएका छन् ।

जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर २ टिम्मुरडाँडा स्थित भित्री सडकमा गोरङचेबाट झोकेदी तर्फ मलामी छाडेर फर्केको लु १ ज २१६३ नम्वरको जिप अनियन्त्रित भई सडकदेखि करिव सय मिटर तल खस्दा दुई जना घाईते भएका हुन् ।

घाईते हुनेमा सोही गाउँपालिका वडा नम्वर २ का जिप चालक ४५ बर्षीय खुमबहादुर सुनारी र सहचालक सोही स्थानका ३४ बर्षीय दिपबहादुर सिंजाली रहेको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले जानकारी दिनु भयो ।

डिएसपी गिरीका अनुसार घाईते दुबै जनाको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको छ ।