
दमौली , समाजवादी जनता पार्टीका नेता एवं पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भीमप्रसाद गौतमको निधन भएको छ। चितवन मेडिकल कलेजबाट निमोनियाको उपचार गराएर घर फर्केका गौतमको बिहीबार बिहान बन्दीपुर १ पिप्लेस्थित निवासमै ज्यान गएको हो। उहाँको देवघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको पारिवारिक श्रोतले जनाएको छ।
