
काठमाडौं, रिपोर्टर्स क्लब नेपालका सभापति, प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष,एवम् रिपोर्टर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादक ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । स्वाब परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको हो । पत्रकार धमलाका अनुसार उहाँमा कोरोनाको कुनै लक्षण थिएन । कन्ट्याक ट्रेसिङमा परेको कारणले आफूले स्वाब परीक्षण गराएको धमलाले जनाउनु भयो । रिपोर्ट पोजेटिभ आएको हो । उहाँ होम–आईसोलेशनमा बस्नु भएको छ । उहाँले यो बीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई समेत आवश्यक सतर्कता अपनाउनको लागि आग्रह गर्नु भएको छ ।
सामाजिक सञ्जाल फेशबुकमार्फत धमलाले आफूलाई संक्रमण भएको जानकारी गराउनु भएको हो । उहाँले लेखनु भएको छ ,‘आदरणीय सबैमा नमस्कार । कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।’

