‘अमेरिकी चुनावमा धाँधली भएको छैनः’संघीय निर्वाचन आयोग

२३ कार्तिक २०७७, आईतवार १०:५९

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संघीय निर्वाचन आयोगले कुनै धाँधली वा गलत काम भएको प्रमाण आफूहरूले हालसम्म प्राप्त नगरेको जवाफ दिएको छ । संघीय निर्वाचन आयोगकी आयुक्त एलेन वेन्ट्राउवले सीएनएनसँगको कुराकानीमा भनेकी छिन् ‘वास्तवमा अहिलेसम्म धाँधलीको कुनैपनि प्रमाण फेला परेको छैन ।’

अमेरिकाका अधिकांश राज्य, स्थानीय अधिकारी, कर्मचारी र सर्वेक्षणकर्मीहरूले अपनाएको सजगताका कारण यसपटक निर्वाचन र मतदानको क्रममा थोरै मात्र गुनासो आएको बताउँदै उनले भनेकी छिन् ‘बाहिर आएको हल्लामाझैँ निर्वाचनमा अवैध मतदान भएको बारे हालसम्म आयोगले कुनै प्रमाण प्राप्त गरेको छैन ।’ यो समाचार जन आस्थाले छापेको छ ।