
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका सचिवालय सदस्यको बैठक शुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सवा ३ बजे बैठक शुरू भएको हो । सचिवालयका ९ मध्ये बहुमत सदस्य उपस्थित भए पनि आइतवार खुमलटारको बैठकमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापा बादल भने आजको बैठकमा सहभागी छैनन् ।
थापासहितका सचिवालय सदस्यलाई पनि बैठकमा आमन्त्रण गरिएको थियो । बैठकको लागि प्रचण्ड लगायतका ५ जना नेताहरू धुम्बाराहीमा भेला भएका छन् ।
अनुपस्थित हुनेमा प्रधानमन्त्री र बाँकी ३ मन्त्री छन् । वरिष्ठ नेता माधवकुमार नेपाल ,वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बैठकमा उपस्थित छन् ।
