कमरेडहरू हो, तपाईहरु बीचको स्वार्थको लडाईले जनताको बिश्वासको डोरी नचुडियोस्

१९ कार्तिक २०७७, बुधबार १०:२२


डा डिआर उपाध्याय,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्रको बिवाद भनेको स्वार्थको बिवाद हो । आ आफनो स्वार्थ पुरा हुँदा बित्तिकै हाम्रा कमरेडहरु मिलिहाल्नु हुन्छ । यो बिवादमा सत्ता स्वार्थको राजनीति छ । अहिले जनताको आखाँमा छारो हाल्ने काम भएको छ । अहिले एकले अर्कोलाई दोष देखाएर स्वार्थको लडाइँ चलिरहेको छ । यो लडाइँ कति लामो समय सम्म चल्ने हो यसै भन्न त सकिदैन । कमरेडहरु, तपाईहरुको लडाईले जनताको बिश्वासको डोरी नचुडियोस् । गत आम निर्वाचनमा जनताले ठूलो बिश्वास गरेर तपाईहरुलाई बहुमत दिए । त्यो कुरा अहिले आएर बिर्सनु हुन्छ भने भन्नु केहि छैन । तपाईहरुको दुई पाटी मिलेको देखेर जनताले बहुमत दिएका हुन । दुई पाटी बेग्ला बेग्लै चुनाव लडनु भएको भए जनताको यो बिश्वास पक्कै पाउनु हुने थिएन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको यो स्वार्थको लडाइँले कसैलाई फाईदा गदैन । तपाईहरु मिलेर नै अघि बढनुस् । त्यसमा नै सवैलाई फाईदा छ । तपाईहरुका कारण पार्टी नै अनिर्णयको बन्दी बन्न पुगेको छ । देशका सामु यति ठूला समस्या आएका छन , ति समस्या समाधान गर्न तपाईहरुको जरुरी छ ।
अहिले तपाईहरुको पार्टीमा सिद्धान्तको लडाइँ चलेको छैन , सत्ता स्वार्थको लडाई हो । यो कुरा आम जनताले बुझेर बसेका छन । दुई अध्यक्षको लडाइँले पार्टी बिभाजनको संघारमा पुगेको छ ।यसले सवैलाइृ चिन्तित बनाएको छ । शीर्ष नेताबीच एकले अर्काको अस्तित्व स्वीकार गर्न तयार हुनु पर्छ । त्यसो भयो भने मात्र पाटी बलियो हुन्छ । नेकपाभित्र अहिले आन्तरिक विवादले उग्र रुप लिन पुगेको छ । यो नै चिन्ताको बिषय हो । लामो समय देखि पार्टीभित्र सामूहिक निर्णय हुन सकेको छैन । जसले गर्दा समस्या आएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दुवै अध्यक्षको हठका कारण यति बेला कार्यकर्तामा निरासा छाएको छ । पार्टी भित्रको बिवादका कारण मुलुकलाई अनिर्णयको बन्दी बनाउने अधिकार कुनै नेतालाई छैन ।पूर्व एमाले र पूर्व माओवादी केन्द्र देश र जनताकै लागि एकीकृत भएका हुन् भने फुटनु हुदैन । यो आम जनताको चाहाना हो । यसतर्फ प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड गम्भीर हुनैपर्छ ।
तर पार्टी दुई ध्रुवमा बाडिएको छ । अहिले तल्लो तहमा समेत कार्यकर्ताहरु अन्यौलमा छन । अहिले नेताहरु एकले अर्कालाई हिलो छ्याप्ने काममा व्यस्त छन । यो सुखद पक्ष होईन ।
अहिलेको आवश्यकता भनेको सत्तारुढ दल एक भएर अगाडि बढ्नुपर्ने बेला हो । यदि पार्टी बिभाजन भयो भने मुलुकमा गम्भिर संकट आउने खतरा छ । अहिले सम्मका उपलव्धिहरु नै धरापमा पर्ने खतरा छ । मुलुकको सबैभन्दा ठूलो दल नेकपा भित्रको बिवादले मुलुक फेरि अस्थिर राजनीतितर्फ अघि बढ्ने त होइन भन्ने चिन्ता छ ।
त्यसकारण नेकपाका शीर्ष नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर फुटको संघारमा रहेको पार्टीलाई एक बनाएर अगाडि बढनु पर्ने जरुरी छ । त्यसो भयो भने देश र जनताको हित हुनेछ ।